२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राष्ट्रपति बिध्यादेवी भण्डारीले ६३३ जनालाई विभूषित सम्मान गर्दै

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७

 

ABC Sanchar
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा आज बिहान १० बजेदेखि हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्ने भएकी हुन् ।

महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी‚ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गर्न लागिएको हो। त्यस्तै‚ २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने भनिएकोमा कार्यक्रम स्थगित भएपछि रोकिएका ४५० जनालाई पनि आज पदक वितरण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री पोखरेलको अध्यक्षमा गृहमन्त्री रामबहादुर थापा, प्रा.डा. मीना वैद्य मल्ल, प्रा.डा. इन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ र गृह सचिव महेश्वर न्यौपाने सदस्य रहेको विभूषण समितिको बैठकले विभूषित हुने व्यक्तिहरुको नाम तय गरेको हो।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई विभिन्न मानपदवीबाट विभूषित गरिँदै आएको छ। तर‚ पछिल्लो समय मानपदवी वितरणमा व्यक्तिगत स्वार्थ र राजनीति हावी भएको भन्दै कतिपय व्यक्तिले मानपदवी बहिष्कार गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!