०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कैलालीको अबरुद्ध राजमार्ग सडक खुल्यो मृतकका आफन्तबीच सहमतिपछि

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

(सर्मिला बोगटी)
धनगढी । कैलालीको स्याउलेमा अवरुद्ध राजमार्ग सुचारु भएको छ। बालकको मृत्यु पछि स्थानियले गरेको अबरुद्ध सडक करिब ३ घण्टा पछि सुचारु भएको हो।
मृतकका आफन्त र प्रहरीबिच ठक्कर दिने मोटरसाईकल, चालकको खोजी गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
यसैबिच घटनाको देषि पत्ता लगाई कारवाही गर्न दवाव दिन र पिडीतलाई क्षतिपुर्ति उपलब्ध गराउन समिति गठन गरिएको छ।
प्रहरीले ३ दिन भित्रमा दोषि पत्ता नलगाए थप आन्दोलनका कार्यक्रम गर्ने सघर्ष समितिका संयोजक कर्ण बोगटीले बताएका छन।शुक्रबार शाझ गोदावरी नगरपालिका –८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वार्षिय प्रीन्स जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!