०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बाँके प्रशासनले इन्डिया जान रोक लगायो सिमामा कडाइ

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

 (महेन्द्र सिंह) बाँके । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले विविध निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सीमावर्ती भारतीय शहरमा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो ।
नेपालगञ्जको भेरी अस्पताल कोरोना संक्रमितले भरिएका छन् । बाँकेका अलावा छिमेकी जिल्लाका बिरामी भेरीमै आउँछन् । बाहिरी जिल्लाबाट आउने बिरामीका कारण भेरीलाई अझ बढी आर्थिक बोझ थपिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमितको व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग सहयोग माग्ने निर्णय भएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!