०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

दाङमा कोरोनाले एक स्टाफ नर्सको मृत्यु

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८


(ABC-Sanchar)
दाङ । कोरोना भाइरस संक्रमणका कारण सोमबार दाङमा कार्यरत एक स्टाफ नर्सको मृत्यु भएको छ।

राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ की उनले करिब साढे दुई महिना पहिले मात्रै छोरीलाई जन्म दिएकी थिइन्।

तुलसीपुर ६ स्थित माइतीमै सुत्केरी बिदा बसेको समयमा उनलाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार योसहित तुलसीपुरमा कोरोनाका कारण हालसम्म २५ जनाको मृत्यु भइसकेको छ।

वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भएको केसीले जानकारी दिए।

सोमबार बिहान साढे १० बजे उपचारका क्रममा उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

बाँके । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट सम्मान प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ। निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्थापन, समन्वय र कमाण्डमार्फत […]

error: Content is protected !!