०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बैशाख १५ गतेसम्म धनगढीका सबै विद्यालय बन्द गर्ने निर्णय

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

 

(सर्मिला बोगटी)
धनगढी । उपमहानगरपालिका धनगढीले २०७८ साल बैशाख ५ गते जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको जोखिम बढेकाले जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले स्थानीयतहलाई अनुरोध गरेको थियो ।सोमबार सामुदायीक , निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधीहरु, प्याब्सन, एनब्याब्सनका प्रतिनिधीहरु र अन्य सरोकारवालाहरु संग सुझाव संकलन गरेपछि बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयका सम्वन्धमा नेपाल सरकार बाट थप निर्णय भै आएमा सोही अनुसार हुने समेत निर्णय गरिएको छ ।प्रत्यक्ष पठनपाठन विद्यालयमा बन्द भएपनि सम्भव भए सम्म अनलाईन कक्षा संचालन गर्ने बारेमा विद्यालयलाई जानकारी गराउने तथा बार्षिक परीक्षा संचालनका लागि आवश्यक गृहकार्य गर्न विद्यालयलाई जानकारी गराउने निर्णय पनि धनगढी उप–महानगरपालिकाले गरेको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सबै पक्षहरु संग सुझाव लिएपछि १९ वटै वडाका वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफल पछि निर्णयमा पुगेको बताईन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!