२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बैशाख १५ गतेसम्म धनगढीका सबै विद्यालय बन्द गर्ने निर्णय

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

 

(सर्मिला बोगटी)
धनगढी । उपमहानगरपालिका धनगढीले २०७८ साल बैशाख ५ गते जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको जोखिम बढेकाले जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले स्थानीयतहलाई अनुरोध गरेको थियो ।सोमबार सामुदायीक , निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधीहरु, प्याब्सन, एनब्याब्सनका प्रतिनिधीहरु र अन्य सरोकारवालाहरु संग सुझाव संकलन गरेपछि बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयका सम्वन्धमा नेपाल सरकार बाट थप निर्णय भै आएमा सोही अनुसार हुने समेत निर्णय गरिएको छ ।प्रत्यक्ष पठनपाठन विद्यालयमा बन्द भएपनि सम्भव भए सम्म अनलाईन कक्षा संचालन गर्ने बारेमा विद्यालयलाई जानकारी गराउने तथा बार्षिक परीक्षा संचालनका लागि आवश्यक गृहकार्य गर्न विद्यालयलाई जानकारी गराउने निर्णय पनि धनगढी उप–महानगरपालिकाले गरेको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सबै पक्षहरु संग सुझाव लिएपछि १९ वटै वडाका वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफल पछि निर्णयमा पुगेको बताईन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!