०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

प्युठानमा लागु औषध नष्ट गरियो

Logo
प्रकाशित सोमबार, आषाढ ०४, २०७५

सागर रिजाल,प्युठान,४ असार ।
प्युठानमा लागु औषध नष्ट गरिएको छ । गत जेठ २३ गते दिउँसोको समयमा प्रहरी चौकी ढुङ्गेगढी प्युठनबाट खटिएको गस्ती टोलीले सरुमारानी गाउँपालिका वडा नंम्बर २ पौडेल पेट्रोलपम्प नजिकै संस्कासपद अवस्थामा लागुऔषध फेला पारेको थियो । स्वर्गद्धारी दर्शनका लागि कास्की जिल्ला लेखनाथ महानगरपालिका वडा नंम्बर १७ बस्ने ३१ वर्षिय अमित ताम्राकारलाई चेक गर्दा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । ताम्राकारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
ताम्रकारको साथबाट नोपिन नामक लागुपदार्थ ८ थान, डाईजेपेम सिरज्याक नामक लागुपदार्थ ८ थान र फेनेगर नामक लागुपदार्थ ७ थान गरि २३ थान लागुपदार्थका २ एमएल भरी सिसा फेला पारेको थियो ।

फेलापरेको २३ थान लागुपदार्थ मध्ये ९ थानलाई नमुना परिक्षणका लागि पठाईएको र बाकी १४ थान लागुपदर्थका सिसालाई जिल्ला अदालतको प्रारङ्गणमा खाडलमा फुटाई गाडेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । जिल्ला अदालतका प्रतिनीधि, जिल्ला प्रशासनको प्रतिनीधि, मल्लरानी गाउँपालिकाको प्रतिनीधि र पत्रकारको रोहवरमा लागुपदार्थका सिसालाई नष्ट गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!