२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

दाङ प्रहरीले लेनदेन मुद्धामा फरार महिला २ वर्ष पछि पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८


(सागर थापा)
दाङ। जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन मुद्धामा फरार भएकी एक महिलालाई दुई वर्ष पछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिका १४ मिलनचोक बस्ने ३१ बर्षिया धनमाया बुढालाई पक्राउ गरिएको हो ।
बुढा विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्धामा २०७६ कात्तिक ६ गते दुई वर्ष कैद फैसला गरेको थियो । फरार भएकी बुढालाई गएको सोमवार पक्राउ गरी मंगलवार अदालतमा उपस्थित गराएको प्रबक्ता डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!