०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पर्सा प्रहरीले मास्क नलगाउने २८९ जनालाई १०० जरिवाना कार्वाही

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८


(रवि कुमार वर्णवाल)
वीरगञ्ज । पर्सा प्रहरीले कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएको भन्दै मास्क नलगाउने २ सय ८९ जनालाई प्रहरीले कारवाही गरेको छ ।

संक्रमितको संख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै पर्सा प्रहरीले बिना मास्क घर बाहिर निस्किेन व्यक्तिलाई दण्डित गर्न शुरु गरेको हो । यसअघि सोमबार ४ सय ४२ जनालाई कारवाही गरेको पर्सा प्रहरीले मंगलवार २ सय ८९ जनालाई कारवाही गरेको हो ।

वीरगञ्जको मूख्य सडक, मुख्य चौकसहित पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी युनिटहरुले बिना मास्क हिँडडुल गर्नेलाई कारवाही गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

डिएसपी खनालका अनुसार संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन मास्क नलगाउनेलाई कारवाही गर्ने कार्य अघि बढाएको हो ।बिना मास्क बजारमा भेटिएकाहरुलाई नियन्त्रणमा लिई एक पटकको लागि एक सय रुपैयाँ जरिवाना तिराउने र सम्झाईबुझाई गरी अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोड्ने गरेको खनालको भनाई छ ।

 

स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न कारवाही गर्ने अभियान थालिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

कोरोना भाइरसको महामारीबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!