२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विष खाएर मरेका गिद्धको अनुसन्धान गर्ने

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८


(ABC-Sanchar)
नवलपरासी। रामग्राम नगरपालिका ४ जीतपुरमा ६७ वटा गिद्ध मरेको बारे तीब्र रुपमा अनुसन्धान भइरहेको छ ।

बुधबार जीतपुरका खाली चौरमा विष सेवन गरी ६७ वटा गिद्ध मरेको र एक वटा गिद्ध घाइते अवस्थामा अवस्थामा भेटिएको थियो । ३३ वटा डंगर गिद्ध , ३१ वटा हिमाली गिद्ध , २ वटा राज गिद्ध र सानो खैरे एक गिद्ध गरेर ६७ वटा मृत अवस्थामा भेटिएको र एक हिमाली गिद्ध जिवितै भेटिएको नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
७८ वटा कुकुरलाई कसैले विष खुवाएर मारेको रहेछ । मरेको कुकुर खादा गिद्ध पनि मरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए । घाइते गिद्धलाई पक्षी संरक्षण केन्द्र चितवनले उपचार गरिरहेको छ ।

अवस्था हेरेर अनुमान गर्दा कुकुरलाई विष खुवाएर मारिएको र खुल्ला रूपमा फालेको र गिद्धले सिनो खाने क्रममा कुकुर खाए र कुकुरले खाएको विष गिद्धमा पनि प्रवेश गर्‍यो र विषादीका कारणले मर्‍यो भन्ने हो ।’ उनले भने,‘‘प्रारम्भिक रिपोर्ट आज साँझ भोलि सम्ममा आउँछ । त्यसपछि वास्तविक खुल्छ ।’

अहिले कुनै पनि पशुपक्षी मार्न पाइँदैन तर कोही व्यक्ति अथवा समूहले विष खुवाएर मोरर फालेको हुन सक्छ । एउटा दुई वटा कुकुर मरेको भए केही कारणले मरेको भन्ने हुन्थ्यो तर ७८ वटा मरेकोले गर्दा कसैले मारेर फालेकै हुन सक्छ । उनले भने ।

नेपालमा अहिले गिद्ध संरक्षणका लागि सरकारी तवरबाटै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । लोपउन्मूख गिद्धको मृत्यूले ठूलो क्षति पुगेको पक्षी संरक्षणविद्हरुले बताएका छन् ।

मृतक गिद्धहरुको पोष्ट मार्टम राष्ट्रिय निकुञ्ज चितवनको चिकित्सक टोलीले गररहेको छ भने विषादी दिएर कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिकोसमेत खोजी कार्य भैरहेको प्रहरी प्रशासनले जनाएको छ।
गिद्ध
गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन् ।

पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्दछ ।

विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!