०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

दाङका सुरक्षा प्रमुखहरु मास्क लगाउ अभियान लिएर सडकमा

Logo
प्रकाशित शनिबार, बैशाख ११, २०७८


(ABC-Sanchar)
दाङ । जिल्लाका सुरक्षा प्रमुखहरु चर्को घाममा दाङको सडकमा देखिए । कोरोना भाइरस सङ्क्रमण बढिरहँदा सर्वसाधारणलाई त्यसबारे सचेतनाका जगाउन उनीहरु सडकमा आएका थिए ।
दाङ जिल्लाका सहायक सिडियो चिरञ्जीवी राना , जिल्ला प्रहरी दाङका प्रमुख एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धानका एसपी अर्जुन भण्डारी सहितका सुरक्षा प्रमुखहरु घोराही नारायणपुर तुल्सीपुर सचेतना कार्यक्रममा सहभागी भएर मास्क बाँडेका थिए ।

उनीहरुले पसलहरुमा पुगेर व्यवसायीहरूलाई सचेत तुल्याए । सतर्कता अपनाएर मात्रै व्यवसाय सञ्चालन गर्न आग्रह गरे । मास्क नलगाएका पैदल यात्रीहरूलाई मास्क प्रदान गरे ।

कोरोनाबाट सजग रहन सुझाए । सवारी यातायातका चालक र यात्रुलाई पनि स्वास्थ्य सतर्कता बारे अवगत गराए ।

कोरोना भाइरस बारे चेतनामूलक अडियो जिङ्गलसहित सचेतना कार्यक्रममा सहभागी भएका सुरक्षाकर्मीले नागरिकको स्वास्थ्यप्रति सचेत रहने कार्यक्रमलाई निरन्तरता दिन संघलाई आग्रह गर्दै आफ्नो पनि सक्रिय सहभागिता रहने प्रतिवद्धता जाहेर गरे ।

कोरोना सङ्क्रमणको दोस्रो लहरले उच्च रूप लिइरहँदा सचेतनाका लागि चेतनामुलक कार्यक्रमहरू हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!