२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्ज जमुनाहमा नक्कली पत्रकार पक्राउ प्रेस कार्डको दुरुपयोग

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

 

(ABC-Sanchar)
बाँके । नेपालगन्ज जमुनाहमा सिमानामा दिनप्रतिदिन नक्कली पत्रकारको असुलीधन्दा मौलाएको छ । कोरोना संक्रमण बढेसँगै जमुनाह नाकामा प्रेस पास देखाएर तस्करी, दलाली गर्ने मात्रै नभई भारतबाट आउने नागरिकको सामानमाथि खानतलासी गर्ने, भन्सार र प्रहरीको काम गर्ने र असुली धन्दा गर्ने गरेको भेटिएको छ ।

अनलाइन पत्रकार संघ बाँकेले यसअघि पनि अनलाइन पासको दुरूपयोग गरेर नाकामा असुली गरिरहेको र भारतको रूपैडिहाबाट अबैद्य बसतु ल्याउने गरेको अबस्थामा एक जना नक्कली पत्रकारलाई पक्राउ गरी कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको थियो ।

अनलाइन पत्रकार संघको नियमित निगरानीमा केही दिनअघि पत्रकारका नाममा आतङ्क मच्चाइएको खबर पनि सार्वजनिक भएको थियो ।

यसैक्रममा शनिबार दिउँसो पनि सुर्खेतबाट चलेको ‘ज्वालाअपडेट डट कम’ नामक अनलाइनको प्रेस पास बोकेका अब्दुल मज्दिज अन्सारी नाम गैर पत्रकार पक्राउ परेका छन ।

उनले उक्त प्रेस पासको दुरूपयोग गरेर जमुनाहमा सशस्त्र देखि जनपथ प्रहरी हुँदै भन्सार कर्मचारी र आम नागरिकबाट रकम असुली गर्दै आएको भेटिएको छ ।

उनलाई असुलीका क्रममा पक्राउ गरिएपछि इलाका प्रहरी जमुनाहको निगरानीमा राखिएको र कारवाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।

उनले उक्त अनलाइनको नककली पास बनाएर जमुनाहमा असुलीधन्दा मच्चाउदै आएको खुलेको छ । यस अनलाइनका प्रकाशक नरेन्द्र हमालका अनुसार उक्त व्यक्ति आफनो अनलाइनको कर्मचारी नभएको र त्यो कार्ड नै नक्कली भएको बताएका छन ।

जमुनाहमा गैर पत्रकारको बिगबिगी छ तर बाँके पत्रकार महासंघ लगायतका जिम्मेवार निकायहरू यसको छानबीन अनुसन्धान तथा गैरपत्रकारको खोजी र अबैद्य धन्दा रोकथाममा उदासीन देखिएको छ । इ सेतोखरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!