०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नेपालगन्ज जमुनाहमा नक्कली पत्रकार पक्राउ प्रेस कार्डको दुरुपयोग

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

 

(ABC-Sanchar)
बाँके । नेपालगन्ज जमुनाहमा सिमानामा दिनप्रतिदिन नक्कली पत्रकारको असुलीधन्दा मौलाएको छ । कोरोना संक्रमण बढेसँगै जमुनाह नाकामा प्रेस पास देखाएर तस्करी, दलाली गर्ने मात्रै नभई भारतबाट आउने नागरिकको सामानमाथि खानतलासी गर्ने, भन्सार र प्रहरीको काम गर्ने र असुली धन्दा गर्ने गरेको भेटिएको छ ।

अनलाइन पत्रकार संघ बाँकेले यसअघि पनि अनलाइन पासको दुरूपयोग गरेर नाकामा असुली गरिरहेको र भारतको रूपैडिहाबाट अबैद्य बसतु ल्याउने गरेको अबस्थामा एक जना नक्कली पत्रकारलाई पक्राउ गरी कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको थियो ।

अनलाइन पत्रकार संघको नियमित निगरानीमा केही दिनअघि पत्रकारका नाममा आतङ्क मच्चाइएको खबर पनि सार्वजनिक भएको थियो ।

यसैक्रममा शनिबार दिउँसो पनि सुर्खेतबाट चलेको ‘ज्वालाअपडेट डट कम’ नामक अनलाइनको प्रेस पास बोकेका अब्दुल मज्दिज अन्सारी नाम गैर पत्रकार पक्राउ परेका छन ।

उनले उक्त प्रेस पासको दुरूपयोग गरेर जमुनाहमा सशस्त्र देखि जनपथ प्रहरी हुँदै भन्सार कर्मचारी र आम नागरिकबाट रकम असुली गर्दै आएको भेटिएको छ ।

उनलाई असुलीका क्रममा पक्राउ गरिएपछि इलाका प्रहरी जमुनाहको निगरानीमा राखिएको र कारवाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।

उनले उक्त अनलाइनको नककली पास बनाएर जमुनाहमा असुलीधन्दा मच्चाउदै आएको खुलेको छ । यस अनलाइनका प्रकाशक नरेन्द्र हमालका अनुसार उक्त व्यक्ति आफनो अनलाइनको कर्मचारी नभएको र त्यो कार्ड नै नक्कली भएको बताएका छन ।

जमुनाहमा गैर पत्रकारको बिगबिगी छ तर बाँके पत्रकार महासंघ लगायतका जिम्मेवार निकायहरू यसको छानबीन अनुसन्धान तथा गैरपत्रकारको खोजी र अबैद्य धन्दा रोकथाममा उदासीन देखिएको छ । इ सेतोखरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!