०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कञ्चनपुर कारागारमा क्षमता भन्दा चार बढी कैदीबन्दी व्यवस्थापनमा समस्या

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा सकस भएको छ। कारागार स्थापनाकालमा २३ जना कैदीबन्दी राख्ने क्षमता गरि स्थापना गरेको कारागारमा कैदीबन्दी बढ्दै गएपछि ९५ जना कैदीबन्दी राख्ने क्षमता विस्तार गरिएको छ।

हाल ९५ क्षमताको कारागारमा ३ सय ९१ जना कैदीबन्दी थप भएपछि कारागार व्यवस्थापन समस्या भएको हो। कारागारमा कैदीबन्दी बढी हुँदा कतिपय कैदीबन्दी बढ्दै गएपछि शौचालयमा लाईन लाग्नुपर्ने अवस्था आएको छ। त्यसमाथि जिल्लामा सुरक्षित सवारी र जनशक्ति थप नहुँदा कारागार व्यवस्थापनलाई झनै सकस परेको छ।

कारागारको स्वामित्वमा रहेको पुरानो गाडी विग्रेका कारण कैदीबन्दी विरामी हुँदा अस्पताल तथा मुद्दाको लागि अदालत लैजानका लागि पैदल जानुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैगरी कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पनि कारागारको अवस्था जिर्ण रहेको र नयाँ व्यवस्थापनमा पहल गर्न केन्द्रमा पत्राचार गरे कञ्चनपुर कारागार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अहिलेसम्म पत्रको कुनै सुनुवाई नभएको छैन।

कञ्चनपुर प्रहरीले लागू औषध नियन्त्रणका लागि जिल्लाभर चलाएको अभियान अन्र्तगत अहिले ब्राउन सुगर, खैरो हिरोइन लगायतका लागू पदार्थसहितका प्रकरणमा दिनहुँ जसो अभियुक्तहरु पक्राउ परिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!