२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

५० शैंयाको अक्सिजनसहित आइसोलेसन नेपालगन्जमा बनाउदै

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(महेन्द्र प्रताप सिंह) बाँके । कोरोना संक्रमण बढ्दै गएपछी भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ।

नयाँ आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगन्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैयाको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।

नेपालगन्जकी उप-प्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य भोलीदेखि नै सुरु भइ एक हप्ता भित्र सम्पन्न भइसक्ने बताएकी छिन्।

उक्त ५० शैयाको अक्सिजनसहित आइसोलेसन नेपालगन्ज २० स्थित व्हाइट हाउसमा बनाउन लागिएको उप-प्रमुख थापा मगरले बताइन्।

आइसोलेसनमा डाक्टरसहित स्वास्थ्कर्मीको टोली खटाइने भएको छ । उपमहानगरपालिका आफ्नै लगानीमा उक्त अक्सिजनसहित आइसोलेसन बनाउन लागेको हो।

यसका साथै नेपालगन्जको कोरोनाको अवस्था बारे प्रदेश र संघीय सरकारसग थप मदतका लागि ध्यानाकर्षण गराइने उप-प्रमुख थापा मगरले जानकारी दिएकी छिन् ।

उपमहानगरपालिकाले नेपालगन्ज भित्रका होम आइसोलेसनमा कोरोना संक्रमितकोहरुको डाटा तयार गरि अनुगमन समेत गर्ने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]