०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कोरोनाले दाङमा वडाध्यक्षकी पत्नीको मृत्यु बबई गाउँपालिका लकडाउन

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

 

दाङ । बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीकी पत्नीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

वडाध्यक्ष ओलीकी पत्नी युवा ओलीको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उनलाई आइतबार मात्रै कोरोना पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । कोरोना संक्रमणले ग्रसित उनको उपचारकै क्रममा मृत्यु भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

गाउँपालिका लकडाउन
यसैबीच संक्रमण तीव्र बनेपछि सोमबार बिहानदेखि बबई गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको छ ।

गाउँपालिकामा कोरोना सङ्क्रमितको संख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए ।

बबई गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!