२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पोखरा महानगरले बैशाख १५ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

(ABC-Sanchar)
पोखरा । महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गदै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।

पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम मुल समितिको मंगलबार बसेको बैठकले भोलि(बुधबारदेखि) पोखरा महानगरका अत्यावश्यक सेवा बन्द गर्ने निर्णय गरेको छ

पोखरा महानगरका निमित्ति प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र कास्की र पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मुल समितिको मंगलबारको निर्णय अनसार यस कार्यालयबाट बैशाख १५ गतेबाट २१ गतेसम्म स्वास्थ्य, सरसफाई र अन्य अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ । महानगरले अत्यावश्यक सेवा प्रवाह गरिने भएकाले महानगरपालिका अन्र्तगतका महाशाखा,शाखा, प्रमुख र वडा सचिवहरु अनिवार्य कार्यालयमा उपस्थित हुने र मातहतका कर्मचारीहरु महाशाखा प्रमुख, शाखा प्रमुख र वडा सचिवको निरन्तर सम्पर्कमा रही आवश्यक परेको खण्डमा कार्यालयमा उपस्थित हुन निर्देशन गरेको छ ।

यता पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले एक सुचना प्रकाशि गदै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्डहरुको पालना गरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्पूर्ण नगरबासीहरुको सहयोगको अपेक्षा गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!