०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

लागु औषध , जुवातास,तस्करी नियन्त्रण मेरा प्राथमीकतामा–ईलाका प्रहरी प्रमुख पोख्रेल ॥

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु-०६

ईलाका प्रहरी कार्यालय पकडीको प्रमुखका रुपमा प्रहरी निरिक्षक सँतोष कुमार पोख्रेल आउनुभएको छ ।जिल्ला प्रहरी कार्यलय सुनसरीमा कार्यरत प्रहरी निरिक्षक सँतोष कुमार पोख्रेल सरुवा भएर ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुमा आउनुभएको हो ।आज आफ्नै कार्यालयमै पत्रकारसंगको परीचयात्मक कार्यक्रममा ईलाका प्रहरी कार्यालय पकडीमा नयाँ आउनुभएका प्रमुख प्रहरी निरीक्षक पोख्रेलले मायादेवी गाउँपालिका भित्र रहेको ८वडा र शुद्धोधन गाउँपालिका भित्र रहेको ६वडाको शान्ति सुरक्षा कायम गर्न आफू कानुनअनुसार अघि वढ्ने बताउनु भएको छ । उहाले जनताको शान्ति सुरक्षा गर्नु प्रहरीको कर्तव्य समेत भएको उल्लेख गर्दै त्यसमा आफ्नो युनिटमा रहेको चौबीसै घण्टा कटिवद्ध रहने बताउनु भयो ।जनता र प्रहरीबीच नङ र मासुको सम्बन्ध भएको भन्दै अपराध नियन्त्रणका लागि सूचना दिनका लागि प्रहरीले सबै खाले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । यसअघि ईलाका प्रहरी कार्यालयको पकडीको प्रमुख बिकाश थापा हुनुहुन्थ्यो । उहाको जिल्ला प्रहरी कार्यालय तनहुँमा सरुवा भएपनि पोख्रेल ईलाका प्रमुखमा आउनु भएको हो । करीव एक वर्षको वसाइको क्रममा कपिलवस्तु पकडीको शान्ति सुरक्षा कायम गर्न आफु प्रतिवद्धत ब्यक्त गर्नु भयो I
उहाँले ईलाका प्रहरी कार्यालय पकडीको जिम्मेवारी सम्हाल्नुभएका प्रहरी निरिक्षक पोख्रेलले पकडीमा अपराध नियन्त्रण र लागुऔषध दुव्यर्सनी नियन्त्रणमा ध्यान केन्द्रीत रहने बताउनुभएको छ ।ईलाका प्रहरी कार्यलय पकडीले आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रहरी निरिक्षक पोख्रेलले यस क्षेत्रमा गुण्डागर्दी,लागुपदार्थ दुव्यर्सनी, तस्करी, दुर्घटना लगायतका घट्नाहरु हुने गरेको सुनेको भन्दै भन्दै सत्यतथ्य बुझेर अघि बढ्ने बताउनुभयो ।त्यससँगै पकडीको क्षेत्रमा हुने अवस्थीत पार्किङ,बाईक , ट्रक , बस , ट्रक्टरओभरस्पीड,सार्वजनक यातायात चालकवाट यात्रुहरुलाई हुने दुव्यवहार, जुवातास,वेश्याबृत्ति,ढुङगा, गिट्टी , बालुवाको तस्करी , चोरी निकासी लगायत अपराधिक क्रियाकलापहरु नियन्त्रणमा प्रहरीको विशेष भुमिका रहने बताउनु भएको छ Iपरिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरुले प्रहरीलाई पकडीमा शान्ति सुरक्षा स्थापना,अपराध तथा लागुपदार्थ दुव्यवर्सनी न्यूनीकरण,चाडपर्वका समयमा हुने जुवातास,ठगी,चोरीलाई घट्नाहरु हुन नदिन प्रहरीले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ। जिल्ला […]

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

error: Content is protected !!