११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

लागु औषध , जुवातास,तस्करी नियन्त्रण मेरा प्राथमीकतामा–ईलाका प्रहरी प्रमुख पोख्रेल ॥

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु-०६

ईलाका प्रहरी कार्यालय पकडीको प्रमुखका रुपमा प्रहरी निरिक्षक सँतोष कुमार पोख्रेल आउनुभएको छ ।जिल्ला प्रहरी कार्यलय सुनसरीमा कार्यरत प्रहरी निरिक्षक सँतोष कुमार पोख्रेल सरुवा भएर ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुमा आउनुभएको हो ।आज आफ्नै कार्यालयमै पत्रकारसंगको परीचयात्मक कार्यक्रममा ईलाका प्रहरी कार्यालय पकडीमा नयाँ आउनुभएका प्रमुख प्रहरी निरीक्षक पोख्रेलले मायादेवी गाउँपालिका भित्र रहेको ८वडा र शुद्धोधन गाउँपालिका भित्र रहेको ६वडाको शान्ति सुरक्षा कायम गर्न आफू कानुनअनुसार अघि वढ्ने बताउनु भएको छ । उहाले जनताको शान्ति सुरक्षा गर्नु प्रहरीको कर्तव्य समेत भएको उल्लेख गर्दै त्यसमा आफ्नो युनिटमा रहेको चौबीसै घण्टा कटिवद्ध रहने बताउनु भयो ।जनता र प्रहरीबीच नङ र मासुको सम्बन्ध भएको भन्दै अपराध नियन्त्रणका लागि सूचना दिनका लागि प्रहरीले सबै खाले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । यसअघि ईलाका प्रहरी कार्यालयको पकडीको प्रमुख बिकाश थापा हुनुहुन्थ्यो । उहाको जिल्ला प्रहरी कार्यालय तनहुँमा सरुवा भएपनि पोख्रेल ईलाका प्रमुखमा आउनु भएको हो । करीव एक वर्षको वसाइको क्रममा कपिलवस्तु पकडीको शान्ति सुरक्षा कायम गर्न आफु प्रतिवद्धत ब्यक्त गर्नु भयो I
उहाँले ईलाका प्रहरी कार्यालय पकडीको जिम्मेवारी सम्हाल्नुभएका प्रहरी निरिक्षक पोख्रेलले पकडीमा अपराध नियन्त्रण र लागुऔषध दुव्यर्सनी नियन्त्रणमा ध्यान केन्द्रीत रहने बताउनुभएको छ ।ईलाका प्रहरी कार्यलय पकडीले आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रहरी निरिक्षक पोख्रेलले यस क्षेत्रमा गुण्डागर्दी,लागुपदार्थ दुव्यर्सनी, तस्करी, दुर्घटना लगायतका घट्नाहरु हुने गरेको सुनेको भन्दै भन्दै सत्यतथ्य बुझेर अघि बढ्ने बताउनुभयो ।त्यससँगै पकडीको क्षेत्रमा हुने अवस्थीत पार्किङ,बाईक , ट्रक , बस , ट्रक्टरओभरस्पीड,सार्वजनक यातायात चालकवाट यात्रुहरुलाई हुने दुव्यवहार, जुवातास,वेश्याबृत्ति,ढुङगा, गिट्टी , बालुवाको तस्करी , चोरी निकासी लगायत अपराधिक क्रियाकलापहरु नियन्त्रणमा प्रहरीको विशेष भुमिका रहने बताउनु भएको छ Iपरिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरुले प्रहरीलाई पकडीमा शान्ति सुरक्षा स्थापना,अपराध तथा लागुपदार्थ दुव्यवर्सनी न्यूनीकरण,चाडपर्वका समयमा हुने जुवातास,ठगी,चोरीलाई घट्नाहरु हुन नदिन प्रहरीले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!