११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
×

काठमाडौं उपत्यकामा बिहीबार देखि निषेधाज्ञा जारी

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

 

काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि सरकारले आजदेखि बैशाख महिनाभर राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।

आज विहानबाट सुरु भएको निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन्। मन्त्रिपरिषदको बैशाख १३ गते बसेको बैठकले १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।

स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरु दूध, पानीका सवारीहरु निर्वाध चल्न पाउनेछन्। तर उनीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको भने हुनुपर्नेछ।
आज विहानैदेखि निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी चेकिङ बाक्लो बनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ। माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्। “बजारमा ग्यास पाइँदैन, […]

घोराही । दाङमा पछिल्लो समय कोटाअनुसार मनकामना ग्यासका सिलिन्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मनकामना ग्यासका विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ। दाङमा अन्य ग्यासको तुलनामा मनकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ्दै गएको अवस्थामा […]

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]