२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

बाँकेमा आगलागी हुँदा एक दर्जन घर जलेर नष्ट लाखौंको क्षति

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बाँके । विकट नरैनापुर गाउँपालिका १ कटकुईया गाउँमा आगलागी हुँदा करिव एक दर्जन घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान करिव साढे ११ वजेतिर आगलागी भएको हो । आगलागी कसरी भयो भन्ने यकिन सूचना नभए पनि एक स्थानीयको गोठबाट आगलागी भएको वडाध्यक्ष मोल्हे बेहना शेषले दास्ताबेजलाई जानकारी गराए । उनका अनुसार दमकल, स्थानीय प्रहरी र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ । बाँके प्रहरी प्रमुख एसपी ओम रानाले घटनाको अनुसन्धान भइरहेको जनाए । उनले आगलागीबाट भएको क्षतिको विवरण संकmन गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]