०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नारायणी अस्पतालबाट ६४ जना कोरोना मुक्त भएर घर फर्के

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

(ABC-Sanchar)
वीरगञ्ज । नारायणी अस्पतालमा उपचाररत ६४ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार ०७७ चैत १५ गतेदेखि अस्पतालमा भर्ना भएका १ सय ४१ जना संक्रमितमध्ये ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका हुन् ।

यस अवधिमा २४ जनाले संक्रमणबाट आफ्नो ज्यान गुमाएको नारायणी अस्पतालका प्रवक्ता डा. सरोज सिंहले जानकारी दिए ।

त्यसैगरी ४ जनालाई थप उपचारका लागि अन्य ठाउँ रिफर गरिएको उनले बताए । डा. सिंह अनुसार २ जना संक्रमित भने आफ्नो इच्छाले थप उपचारका लागि अन्य ठाउँ गएका छन् ।

यता पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितलाई अस्पतालमा भर्ना गर्दा ५ जनालाई डिस्चार्ज गरिएको उनले जानकारी दिए । यस अवधिमा एकजना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!