२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

३ जना बालककाे शव पार्किङ गरिराखेकाे इन्डियन कारभित्र

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८

दाङ । तुलसीपुर स्याउली बजारमा रोकिराखेको एउटा इन्डियन कारभित्र फेला परेका तीन वटै शव बालकहरूको रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझपख तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिराखेको एउटा कारभित्र ३ जनाको शव फेला परेको थियो।

तुलसीपुर नजिकै बरुवागाउँका ती बालकहरू वैशाख १६ गतेदेखि हराइरहेका थिए। प्रहरीका अनुसार बालकका आफन्तले शुक्रबारमात्रै प्रहरीमा उजुरी दिएका थिए।

तुलसीपुर उपमहानगरपालिका ६ मा पर्ने स्याउली बजारमा त्यो कार केही महिनादेखि नै रोकिराखेको थियो।
इन्डियन नम्बर प्लेट जे-०१ सीसी ०८८५ को उक्त्त गाडीमा भेटिएका ती शवहरूका बारेमा अनुसन्धान थालिएको तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए।
‘हामी घटनस्थल पुगेका छौं त्यसबारे अनुसन्धान भइरहेको छ’ उनले भने।

एउटा बस सोही कार नजिकै पार्किङ गर्ने बेला बसका कर्मचारीहरुले कारभित्र शव देखेका थिए।

प्रहरीले नेपालगन्जबाट फोरेन्सिक ल्यावका प्राविधिकहरू बोलाएको छ। डिएसपी सिंहका अनुसार उनीहरू आइपुगेपछि मात्रै घटनाबारे थप अनुसन्धान हुनेछ।

घटनास्थलमा रहेका स्थानीयका अनुसार ती बालक ७ देखि ९ वर्षसम्मका छन्। दुईजना बालक निर्वस्त्र छन् भने एकजना बालको शरीरमा टबेल ओढाइएको छ।
घटनास्थलबाट १०० मिटरकै दूरीमा लुम्बिनी प्रदेश प्रहरीकाे मुख्यालय छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!