२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

सशस्त्रमा DIG सहित १ सय ५ पद रिक्त को-को छन् त दाबेदारहरु

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी)देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो ।

ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर असर परेको भन्दै सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अगाडि बढाउन थालेको छ । सशस्त्रका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थपसँगै सशस्त्र मुख्यालयले अन्य पदमा बढुवा प्रक्रिया अगाडि बढाउन लागेको हो । एक साताअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुुई एआईजीको म्याद थप गरेको थियो ।

हाल रिक्त दुई डीआईजी पदमा एसएसपी कालिदाज धौबजी, कुमार न्यौपाने र विदुर खड्काको दाबेदारी रहेको छ । उनीहरु तीनै जना नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा प्रवेश गरेका थिए । धौबजी २५ असोज २०५२ मा, न्यौपाने १ फागुन २०५२ र खड्का १ भदौ २०५० मा सईमा प्रवेश गरेका थिए ।

यी तीन जनामध्ये धौबजी र न्यौपाने २० असोज २०७५ र खड्का ७ वैशाख २०७७ मा एसएसपी बनेका थिए ।यसअघि डीआईजी बढुवा गर्दा सात पद रिक्त रहेपनि ६ जनालाई मात्र गरिएको थियो । पछिल्लो पटक प्रजाभक्त श्रेष्ठ उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि डीआईजीको दुई पद रिक्त रहेको हो ।

एसएसपीको आठ ओटा पदमा भने कायम मुकायम (कामु) को रुपमा बढुवा गरिने छ । यसअघि सिसं १ का नौ जनालाई दुई पटक गरी कामुका रुपमा बढुवा गरिसकिएको छ ।

अब नेपाल प्रहरीमा २२ पुस २०५५ मा प्राविधिकरुपमा सईमा प्रवेश गरेका प्रविण कँडेल र सिसं २ का सात जना बढुवामा पर्नेछन् । एसपी भएको चार वर्ष नकटेकाले उनीहरुलाई क्रमागतरुपमा कामुको जिम्मेवारी दिन लागिएको हो ।
जसअनुसार, प्रविण कँडेल, विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसिना, नीरकृष्ण अधिकारी र सुधिरजंग थापा कामु एसएसपी बन्नेछन् ।

कायममुकायममा बढुवा भएकाले अहिले नै पदअनुसारको दज्र्यानी चिन्ह र जिम्मेवारी बहन गर्ने भएपनि कन्फर्म गर्दा रोलक्रम भने तलमाथि पर्न जान सक्छ । हाल कामुुको जिम्मेवारीमा नरेहकाले पनि कन्फर्ममा पर्दा उनीहरुलाई उछिन्न भने सक्छ ।

सशस्त्रमा हाल एसपीमा सुधिरजंगपछि किरण बस्नेत, माधवप्रसाद पौडेल, दीपेन्द्र कुँवर (ख), उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, राजेश उप्रेतीलगायत छन् ।

यस्तै, रिक्त ३५ एसपी पदमा भने नेपाल प्रहरीमा असईमा भर्ना भई हाल डीएसपी रहेका र सशस्त्रमा फ्रेसमा भर्ना भएका सिसं ३ का केही डीएसपी बढुवा हुनेछन् । सिसं ३ का इन्सपेक्टर (हाल डीएसपी) को सेवा अवधि पनि १८ वर्ष भइसकेकाले दुबैलाई मिलाएर बढुवा गर्नुपर्ने मत पछिल्लो समय बलियो हुँदै गएको छ ।

रिक्त ६० डीएसपीमा भने सिसं ६ का इन्सपेक्टर बढुवा हुनेछन् । इन्सपेक्टर भएको १५ वर्षपछि उनीहरु डीएसपी बन्न लागेका हुन् । यद्यपि, सिसं ६ का सबै इन्सपेक्टर डीएसपी बन्न सक्दैनन् । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरगाउँ स्थित टोखा-छहरे सडकखण्डमा पहिरो खस्दा एक गाडीमा क्षति पुगेको छ भने एक जना यात्री घाइते भएका छन्। शनिबार बिहान ९:१० बजे काठमाडौँबाट दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-००१ च ३७७३ नम्बरको कारमा माथिबाट अचानक पहिरो खसेको हो। उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका-७ निवासी करिब ४५ वर्षीय श्यामकृष्ण […]

दाङ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो । बिहान १० बजेसम्म सामान्य रूपमा डेलिभरी हुने भनिए पनि त्यसो नहुँदा करिब १२ बजे अपरेशनमार्फत शिशुको जन्म गराइएको थियो । तर केही समयमै सुनारको मृत्यु भएपछि उनका आफन्तहरू आक्रोशित बनेका हुन् । मृतकका […]

मेष : दिन राम्रो छ। काम सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। वृष : दिन सामान्य छ। बोलीको प्रभावले काम बन्ने छ। सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा गढबढी हुनेछ। बौद्धिक व्यक्तिसँग तर्क नगर्नु राम्रो हुन्छ। मिथुन : आफ्नै […]

error: Content is protected !!