०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

जेसीबी बोकेको ट्रक कोशी नदीमा खस्दा  २ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

काठमाडौँ, ६ असार । जेसीबी डोजर बोकेको ट्रक कोशी नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । ९ जनाको उद्धार गरिएको छ । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर ट्रक नदीमा खसेको हो ।
स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो ।
बराइली र चौधरीलाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री बालेन स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षीसँग द्विपक्षीय हित, व्यापार, सीमा व्यवस्थापन, विकास साझेदारी तथा आपसी सहयोगका विषयमा छलफल गर्नुभएको थियो। भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाएको बताइएको छ। स्वदेश फर्किएपछि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सरकारी अधिकारीहरूले स्वागत गरेका थिए।

दाङ । घोराही नेपाल पत्रकार महासंघको आन्दोलनका कार्यक्रमका बारेमा सञ्चारसम्बद्ध संघ संगठनसँग महासंघ दाङ शाखाले छलफल गरेको छ। छलफलमा महत्वपूर्ण सुझाव प्रदान गर्नुहुने निवर्तमान केन्द्रीय अध्यक्ष, वर्तमान सचिव सहित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गरिएको छ। अबको कार्यक्रम मिति ९ गते समय बिहान ११ बजे स्थान जिल्ला प्रशासन कार्यालय अगाडि भेला भई सरकारलाई दबाब दिने […]

बाँके । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा महासंघले घोषणा गरेको आन्दोलन अन्तर्गत बाँके शाखाको आयोजनामा सोमबार छलफल गरिएको छ। छलफलमा शाखाका पूर्व अध्यक्ष, सञ्चारसम्बद्ध संघसंगठनका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलमा बाँके प्रशासनमा *’पत्रकारलाई सामूहिक गिरफ्तार गर’* भन्ने ब्यानरसहित गरिने प्रदर्शनलाई सशक्त र […]

error: Content is protected !!