०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

ढुवानीका साधनमा स्टिकर अनिवार्य टाँस्नु पर्ने चालक र कामदार मात्र बस्न पाउने

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८


(ABC-Sanchar)
काठमाडौं । निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सोमबार बसेको निजी व्यवसायीहरुको प्रतिनिधि तथा छाता संगठनहरुको बैठकले यस्ता सवारी साधनहरुमा आवश्यक व्यक्तिहरुलाई मात्र गाडीमा बस्न दिने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै बैठकले अबदेखि निषेधाज्ञामा सञ्चालन हुने प्रत्येक ढुवानीका साधनहरुले गाडीमा ढुवानीको प्रकृति उल्लेखित ब्यानर वा स्टिकर टाँस्नु पर्ने र गाडीमा कोको रहने हो सोको विवरण खुलाई जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने भएको छ ।

कोभिड–१९ को तिव्र संक्रमणका बीच निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउँदै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!