०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

कारमा मृत फेला परेका ३ बालकको शरीरमा कुनै चोटपटक छैन SP : चन्द

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८


ABC (क्राईमबिट)
दाङ । तुलसीपुरको स्याउली बजारमा बैशाख १८ गते बेलुका एउटै कार भित्र मृत फेला परेका तीन बालकको शबको पोष्ट मार्टम भएको छ । पोष्ट मार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरिरमा कुनैपनि चोट पटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

दाङमा पोष्टमार्टम गर्ने बिशषेज्ञ नभएपछि बुटवलबाट तुलसीपुरमा बिशषेज्ञ डाक्टर झिकाएर मृतक तीनै जना बालकको पोष्ट मार्टम गरिएको थियो ।पोष्टमार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरिरमा कुनैपनि चोट पटक वा घाउ खत नरहेको कुरा जानकारी आएको एसपी चन्दले बताए ।

पोष्टमार्टम रिपोर्टले तीन बालकको मृत्यु कतब्र्य गरि हत्या भएको भन्ने नदेखिएको जानकारी दिए । तर, लक गरि राखेको कार भित्र तीन बच्चा कसरी भित्र पशे भन्ने कुरा रहस्यमय रहेको एसपी चन्दले बताए ।एसपी चन्दले भने – ‘ चालकले माघ १ गतेदखि कार लक गरि पार्किङमा राखेको हुँ भन्ने बयान गरेका छन्, त्यसो हो भने तीन बालक कसरी कार भित्र प्रबेश गरे त्यो कुरा रहस्यमय छ ।’

प्रहरीले कारको लक तोडेरै तीन बालकको शव बैशाख १८ गते राति मात्रै निकालेको थियो ।भारतीय नम्बर प्लेटको पार्किङ कार भित्र तीन बालक मृत अवस्थामा फेला परेपछि घटनाको सही ढंगले अनुसन्धान गर्न सकियोस भनेर प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर र तालिम प्राप्त प्राबिधिक ल्याएको थियो । उनीहरु आएर आफ्नो अनुसन्धान सकेपछि मात्रै प्रहरीले कारको लक फोडेर शवहरु झिकेको थियो ।

कारभित्र मृत भेटिएका तीन बालक तुलसीपुर ६ बरुवागाउँ निवासी ६ वर्षीय करण परियार , ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र ९ वर्षीय सन्दिप परियार रहेको प्रहरीले जनाएको छ ।

बैशाख १८ गते बेलुका स्थानीयले लामो समयदेखि पार्किङ गरि राखेको कारको सबै बत्तिहरु बलेको देखेपछि किन बत्ति बल्यो ? भनेर हेर्न भनेर गएपछि कार भित्र तीन बालकको शव देखेका थिए । चोट पटकले उनीहरुको मृत्यु भएको हैन भन्ने पोष्ट मार्टम रिपोर्टले देखाएपनि अरु कुन कारणले उनीहरुको मृत्यु भएको हो ? त्यो कुरा रिपोर्टले देखाउन सक्ने प्रहरीले आशा ब्यक्त गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र बैशाख १८ गते बेलुका तीन मृत अवस्थामा फेला परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!