०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

क्वालिटी प्रोडक्टको डाइजेस्टिभ बिस्कुट भित्र भेटियो प्लास्टिक स्वास्थ्य माथि खेलवाड

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

(शरद रिजाल)
काठमाडौँ । बालाजुस्थित चिया पसलमा क्वालिटी प्रोडक्टको डाइजेस्टिभ बिस्कुटमा अखाद्य वस्तु भेटिएको छ । बालाजुमा रहेको शेर्पा चिया पसलमा केही व्यक्तिहरुले चियासँग बिस्कुट खाइरहेको अवस्थामा प्लास्टिकजन्य अखाद्य वस्तु भेटिएको हो ।

उक्त चिया पसलका मालिक कर्साङ्ग शेर्पाका अनुसार केही ग्राहकले क्वालिटी प्रोडक्टद्वारा उत्पादित डाइजेस्टिभ नाम गरेको बिस्कुट फोेडेर खाँदा प्लास्टिक जस्तो देखिने वस्तु भेटिएको हो । उक्त चिया पसलका सञ्चालक शेर्पाले यो घटना दोश्रो पटक दोहोरिएको बताए । यसअघि यसै पसलमा बिस्कुटमा यस्तै प्लाष्टिकजन्य बस्तु भेटिएको जानकारी दिए ।

यस विषयमा क्वालिटी प्रोडक्टका बजार वितरण प्रमुख शिव थापासँग कुरा गर्दा उक्त बिस्कुट आफ्नै उत्पादन रहेको तर मानवीय त्रुटीका कारण यस्तो घटना भएको हुनसक्ने भन्दै निकै हचुवा अभिव्यक्ति दिए । नेपाल सरकारको उपोभोक्ता हित संरक्षण नियम अनुसार कुनै पनि वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ, भण्डार विधि, उपयोग गर्ने तरिका अत्यन्तै गुणस्तरीय हुनुपर्ने उल्लेख छ भने उक्त नियमको पालनामा क्वालिटी प्रोडक्ट नेपालले गम्भीर लापरबाही गरेको छ ।
उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने यस्तो कार्यप्रति क्वालिटी प्रोडक्ट गम्भीर नभएको देखिन्छ ।

मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने उपभोक्ताको स्वास्थ्य जस्तो गम्भीर बिषयमा यो हदसम्मको लापरबाही गर्नुले कम्पनीको गैरजिम्मेवारपन उजागर हुन्छ । यस बिषयमा हामीले काभ्रा ग्रुपका सम्बन्धित प्रतिनिधि, बजार ब्यबस्थापक प्रमुख शिव थापाले उद्योगको प्याकिङ कक्षमा रहेका केही कर्मचारीको कमजोरीले यस्तो घटना घटेको बताए । कम्पनीको उत्पादन कक्षमा रहेका कर्मचारीहरुलाई सचेत गराई केही कर्मचारीहरुलाई निलम्बन समेत गरिएको थापाले बताए ।

‘हामीले यो कमजोरी देखी सकेपछि कम्पनीमा जानकारी गराइसकेका छौ, कम्पनीले यस विषयलाई गम्भीरताका साथ लिएको छ.र उत्पादन कक्षमा रहेका कर्मचारीलाई निलम्बन समेत गरिसकेका छौ ।’ उनले भने ।

मानवीय स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पार्ने खाद्यान्न, बिस्कुटमा बालाजुस्थित चिया पसलमा नै पटकपटक अखाद्य वस्तु भेटिनुले पनि क्वालिटी बिस्कुटमा गम्भीर लापर्वाही रहेको प्रमाणित हुन्छ ।

बिस्कुटमा रहेको अखाद्य वस्तुको बारेमा प्रतिक्रिया माग्दा व्यवस्थापन पक्षले पटकपटक यसबारेमा समाचार वाहिर नल्याइदिन अनुनय विनय गरे र समाचार वाहिर नल्याइदिएमा ‘सहयोग गर्ने’ बताइ रहे । आमजनताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने अखाद्य वस्तु मिसिएर पटकपटक आउने, लापर्वाही हुने कुरालाई हामीले सम्झौता गर्नु अपराध ठानेर सार्वजनिक गरेका छौं ।

उपभोक्ता संरक्षण ऐन २०७५को परिच्छेद ३ का दफा ७ को उपदफा ‘च’ बस्तु वा सेवाको उत्पादनका कारण उपभोक्तालाई कुनै किसिमको क्षति भएमा सोको मनासिब क्षतिपूर्ति दिने प्रावधान छ । यस सम्बन्धमा गुणस्तर तथा नापतौल बिभागमा सम्पर्क गर्दा विभागका कर्मचारीले यो उपभोक्ताको स्वास्थ्यप्रतिको चरम लापरबाही र गम्भीर अपराध नै हो यस सम्बन्धमा आफूहरुले आवश्यक कामकारवाही अगाडि बढाउने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!