०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

बर्दिया प्रहरीले मास्क नलगाएर हिन्ने ११२२ र ७८४ सवारी साधन कार्वाहीमा

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

(सागर थापा/महेन्द्र  प्रताप सिंह)
बर्दिया । स्थानीय प्रशासनले लकडाउनको बेला अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई कार्वाही गर्न सुरु गरेको छ । सोमबार बर्दियाको गुलरियामा विना मास्क भेटिएका ११ सय २२ जनालाई कारवाही गरेकाे छ ।

बर्दियाको मूख्य सडकमा विना मास्क निस्केका ११ सय २२ जनालाई एक सय रुपैयाँको दरले जरिवाना गरिएकाे छ । भने मोटरसाइकल ४१० वटा साइकल २३४ वटा चार पाङ्ग्रे सवारी साधन १४० वटा लाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको नेतृत्वमा बर्दियाकाे विभिन्न गाउँ टोल शहरमा खटेकाे प्रहरी टाेलीले विना मास्क निस्केकाहरुलाई कारवाही गरेकाे थियाे । मास्क लगाउ अभियान टाेलीमा नेपाल प्रहरी ट्राफिक प्रहरी सयुत सहभागिता रहेकाे थियाे ।

संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय बर्दियार्को निर्देशन अनुसार बर्दिया जिल्ला प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी कार्कीले बताएका छन ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउँने र समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी कार्कीले बताए ।

कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण सिमावर्ती जिल्ला नेपालगन्जको अवस्था भयावह बनिरहेको बेला स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न यस्तो अभियान गरिएको छ ।
प्रशासनले महामारीको प्रभावबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न बर्दिया प्रशासनले सम्पूर्णलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!