२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

कोरोनाको जोखिम नियन्त्रण गर्न सबैको भूमिका चाहिन्छ DIG किशोर प्रधान

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

(महेन्द्र प्रताप सिंह)
बाँके । नेपालगन्जको जमुनाहमा रहेको हेल्थ डेक्सको उच्च अधिकारीहरुले मंगलबार निरीक्षण तथा अनुगमन गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नेपाल भारत सीमा नाकालाई बन्द गरिसकेको छ । नेपालगन्जको जमुनाहसहित देशभर १३ वटा नाकामात्रै खुल्ला छन् ।

ती नाकाबाट रोजगारको शिलशिलामा भारत पुगेकाहरु धमाधम घर फर्किरहेका छन् । भारतमा भाइरस संक्रमणको सुनामी आएपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको संख्या हवात्तै बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डिआइजी किशोर प्रधानले नाकालाई थप व्यवस्थित बनाउन सुझाव दिनुभयो ।
भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले नाकाबाट आउने नागरिकहरुको परीक्षण गरेरमात्र नेपाल प्रवेश गर्न दिने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नेगरी व्यवस्था मिलाउन स्थानीय सरकारसँग आग्रह गर्नुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भारतबाट फर्किने नागरिकहरुलाई नाकाबाटै सम्बन्धित जिल्लामा पठाउने काम भइरहेको बताउनुभयो ।

उहाँले त्यहीबाट बस रिर्जव गरेर सम्बन्धित जिल्लामा पठाउने काम चलिरहेको बताउनुभयो । कार्यक्रममा मजकुर नं. ३० गाका गणपति सशस्त्र प्रहरी उपरिक्षक अशोक कुमार बम, नं. ४२ रिजर्व गण हेक्वा शम्शेरगन्जका गणपति प्रकाश कुमार सुवेदी, बाँकेका एसपी ओम राना, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक नरेन्द्र राज गिरीलगायतको उपस्थिति रहेको थियो । त्यसअवसरमा स्वास्थ्यसँग सम्बन्धित मास्क, सेनिटाइजर, ग्लोब्स, शुद्ध पिउने पानी वितरणलगायतका कार्यक्रम भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!