२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

सशस्त्र प्रहरीद्वारा घाइते चित्तलको उद्दार

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

(महेन्द्र प्रताप सिंह)
बाँके । सशस्त्र प्रहरीले डुडुवा गाउँपालिकाको नयाँ बस्ती जङ्गल नजिकबाट घाइते चित्तलको उद्दार गरि डिभीजन बन कार्यालय बुझाएको छ।

सशस्त्र प्रहरीको कालाबन्जार बिओपीको टोलीले घाइते अवस्थामा नालीमा फेला परेको चित्तललाई आज बिहान उद्दार गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

घाइते भएर नालामा खसेको चित्तललाई कुकुरहरूले घेरिरहेको अवस्थामा उद्दार गरि कालाबन्जार बिओपी ल्याइ सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला बन कार्यालय पठाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

आज बिहान ८ बजे नालमा फेला परेको उक्त घाइते चित्तललाई कसैले घाइते बनाएको हो या कुकुरहरूले घाइते बनाएको भन्ने बारे एकिन नभएको सशस्त्र प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!