०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

खबर24नेपाल काठमाडौंले सहयाेगका लागि सबैमा आग्रह

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

 

काठमाडाैं । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरसमा मानिसहरू रोगले भन्दा भोकले नमरून् भन्ने उद्देश्यका साथ जय महांकाल युवा समुहद्धारा संचालन गरिएको सामुहिक भोजन कार्यक्रममा खबर24नेपाल डटकमले सहयोग गरेको छ । अभियानमा कोही भोको बस्न नपरोस् भन्ने हेतुले खबर24नेपाल डटकमबाट चाउचाउ पानी सहयोग गरिएको हो ।

भोकालाई भोजन प्यासीलाई पानी भन्ने अभियानका साथ २०७६ चैत २२ गतेदेखि संचालन गरिएको अभियाानमा ट्वान्टीफोर नेपाल मिडीया प्रा लिको तर्फबाट मिडीयाका सम्पादक सन्तोष अर्याल, बजार व्यपस्थापक प्रमुख सुरेन्द्र थापा र यादव प्रसाद अर्यालले सहयोग गर्नु भएको हो । सडक पेटीमा रहेका असहाय, अपाङ्ग, बालबालिकाहरुलाई खाना खुवाउदैं आएको महांकाल युवा समुहलाई धन्यवाद दिदैं कम्पनीका बजार व्यवस्थापक थापाले आउदो दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यदि तपाइहरु पनि ती सडक पेटीहरूमा रहेका असहाय, अपाङ्ग, बालबालिका, जो भोको प्यासा व्यक्तिहरुलाई भोजन सेवन गराएर सेवा गर्न चाहनुहुन्छ भने निम्न सम्पर्क नं: ९८४१६८३७३७, ९८१८०८८८९१ मा सम्पर्क गर्न सकिनेछ । यस्तै तपाइले रकम सहयाेग गर्न चाहेका निम्न बैक खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!