२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङदेखि हेलिकप्टरबाट पोखरा अस्पताल सम्मको भाडा ५ लाख ९४ हजार

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

(ABC-Sanchar)
दाङ । कोरोनाको दोस्रो कहर संगै बिरामीहरु महँगो भाडा तिरेर हेलिकप्टरबाट अस्पताल पुर्‍याइँदै, लमहीदेखि पोखराको भाडा ५ लाख ९४ हजार रुपैयाँ
देउखुरी २४ बैशाख । लमही निवासी एक महिलाको एक्कासि अक्सिजन लेबल घट्यो। श्वासप्रश्वासमा समस्या आयो। उपचारका लागि लमही अस्पताल लगियो। एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। जिल्लामा कोरोना उपचारका लागि आईसियू बेड कतै पाइएन। त्यसपछि परिवारका सदस्यले हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजान खोजे।

काठमाडौंका अस्पतालमा बेडको कुरा भयो। तर, त्यहाँ खाली भेटिएन। पोखरामा बेड भेटियो । ५ लाख ९४ हजार रुपैयाँ हेलिकप्टर भाडा तिरेर पोखरा लैजाने निधो भयो। हेलिकप्टरको भाडा जुटाउन सक्नेका लागि त सजिलै होला। तर, गरिब विपन्न परिवारका सदस्यले हेलिकप्टर चार्टरको विषय सोच्नसमेत सक्ने अवस्था छैन। ‘धन्न हेलिकप्टर भेटियो। यही हेलिकप्टरका लागि धेरै फोन घुमाउनुप¥यो’, बिरामीका एक आफन्तले भने, ‘पहिला पैसा डिपोजिट गरेर मात्रै हेलिकप्टर पाइयो।’

कोभिड संक्रमणपश्चात् बिरामीको अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि अन्यत्र लैजान महँगोमा हेलिकप्टर चार्टर गरेर अस्पताल लैजानुपर्ने बाध्यता छ। ‘सेनाको हेलिकप्टरले संक्रमित नबोक्ने भनेपछि निजी एयरलाइन्स खोज्नुपर्ने बाध्यता भयो’, उनले भने, ‘सक्नेले त हेलिकप्टर चार्टर गर्ला । नसक्ने त उपचार नपाएर मर्ने दिन आयो।’ पछिल्ला दिनमा हेलिकप्टर चार्टर गरेर बिरामीलाई काठमाडौं, पोखराका अस्पतालमा लग्ने दर बढेको छ।

कोरोना विशेष अस्पताल बेलझुण्डी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराइरहेका संक्रमितलाई भेन्टिलेटर आवश्यक परेको खण्डमा हेलिकप्टर खोज्ने गरिएको हो। सामान्य अवस्थामा हेलिकप्टर चार्टरको भाडा सामान्य रहन्छ। तर, यस्तो विपद्को बेला महँगो भाडा लिने गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]