०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

पत्रकारहरुलाई पीसीआर परीक्षण र खोपको व्यवस्था गर्न माग

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

(ABC-Sanchar)
काठमाडाैं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।

शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराईरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलीयत दिनसमेत माग गर्नुभएको हाे ।

शाखाका सदस्यको यसवर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको शाखा सचिव गौतमले राससलाई जानकारी दिनुभयो ।

यस्तै, कोभिड जोखिममा परेका पत्रकारको सहयोग र भैपरी आउने अवस्थाको तयारीका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा सात सदस्यीय ‘टाक्स फोेर्स’ समिति गठन गर्ने निर्णय भएको छ ।

सङ्क्रमणमा परेका शाखा सदस्यको सङ्ख्या, अस्पताल तथा होम आइसोलेसनमा रहेकाको अवस्था पहिचान गरेर पाँच दिनभित्र सुझाव पेश गर्न शाखाका उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!