१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

दोलखामा भीमसेनको मूर्तिमा पसिना आयो

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८


(ABC-Sanchar)
काठमाडौं । दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ ।

मन्दिरको ड्युटीमा रहेका सुरक्षाकर्मीले मुर्तिमा पसिना देखिएको जानकारी गराएका छन् ।

यस सम्वन्धमा गुठी र पुजारीले त्यहाँका सिडिओ वासुदेव घिमिरेलाई पनि जानकारी गराएको वताईएको छ। गत वर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।

०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।

यो धार्मिक बिश्वासको संयोग मात्रै हो या यसमा केही तथ्य पनि लुकेको छ

भन्न सकिन्न तर, दोलखा भीमसेनलाई पसिना आउनु र मुलुकमा केही बिपत्ति आउनुमा गजबको तादात्म्यता मिलेको पाइन्छ ।

किम्वदन्ती अनुसार पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसी श्री गौरी शंकरको प्रार्थना गरेका थिए ।

कालान्तरमा भरियाहरूले भात पकाउनको लागि २ ओटा ढुङ्गा खोजी ल्याएर यही त्रिभुजमा जोडी चुलो वनाए। भात पकाउदा त्रिभुज तर्फको भात काँचै भएकोले रीसले हिर्काउदा दाहिने तर्फ चोइटा गई दुध र रगत मिश्रित तरल पदार्थ वनेको वताइन्छ।

१२ जना भरियाहरू डराई भगवान सम्झेर माफी मागेको र पूजाआज गरी आफनो बाटो लागेको भन्ने मान्यता अझै कायमै छ। २०३०÷३१ सालसम्म सुनखानीका तिनै १२ भाई भरियाका सन्तानहरूले प्रत्येक बडा दशैको अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन थियो। पछि राजा÷महाराजाहरूले पनि पूजा गरी जग्गा जमीन गुठी राखेको र सुनचाँदीका गहना समेत चढाएको पाईएको छ।

यहाँ बडा दशै, चैते दशै, कार्तिकमा महास्नान पूजा, भीम एकादशी, शिवरात्री, रक्षा बन्धन आदि पर्वहरूमा विशेष पूजा र भिड लाग्ने गर्दछ भने बडा दशैमा ३ राँगो, १२ बोका, हाँस, कुखुराको विशेष बलिपूजा गरिन्छ।

भीमेश्वरलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ । जानकारी अनुसार विसं १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि भिमसेनको मुर्तिमा पसिना आएको थियो।

यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरवारमा अकल्पनिय घट्ना भयो भन्ने जानकारहरु वताउँछन् ।

स्थानीयहरुका अनुसार भीमसेनको मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले–पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पूजा पठाउने चलन रहेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रातको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन रात्रीकालीन चेकिङ कार्यक्रम सञ्चालन गरिएको छ। चेकिङका क्रममा सवारी साधन, शंकास्पद गतिविधि तथा अवैध क्रियाकलापमाथि निगरानी गरिएको छ। नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले रात्रीकालीन गस्ती र चेकिङलाई थप प्रभावकारी बनाएको छ।

बाँके । नेपालगन्ज जयसपुरस्थित इलाका प्रहरी कार्यालयको पुरानो भवन भत्काउन थालिएको छ। वि.सं. २०१७ सालमा निर्माण गरिएको उक्त ऐतिहासिक भवन अहिले भत्काउने काम भइरहेको छ। लामो समयदेखि प्रहरी कार्यालयका रूपमा प्रयोग हुँदै आएको यस भवनले आफ्नो छुट्टै इतिहास बोकेको छ। करिब ६ दशकभन्दा लामो समयदेखि अस्तित्वमा रहेको भवन भत्काइँदै गर्दा यस क्षेत्रको पुरानो इतिहाससँग जोडिएको […]

बाँके । ट्राफिक प्रहरीकै पोसाकमा ड्युटीमा रहेका बेला सेवाग्राहीसँग अनुचित आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जमा कार्यरत प्रहरी […]

error: Content is protected !!