२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिरगंज प्रहरीले लकडाउमा कालोबजारी गर्ने एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८


(रवि वर्णवाल)
वीरगञ्ज । पर्सा जिल्लामा जारी निषेधाज्ञाको मौका छोपी कालोबजारी गर्ने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारीले आफ्नै घरमा खोलेको औषधी पसलबाट बढी मूल्यमा मेडिकल उपकरण बिक्रि गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ ।

रु. १९ सय पर्ने अक्सिमिटरलाई रु. ३५ सय भन्दा बढी मूल्यमा बिक्रि गरेर कालोबजारी गरेको सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले १२ थान अक्सिमिटरसहित तिवारीलाई नियन्त्रणमा लिएको छ ।

तिवारीमाथी कालोबजारी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!