१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

राजीनामा दिँदै नेपाल र खनाल पक्षका सबै सांसदहरु

Logo
प्रकाशित आइतबार, बैशाख २६, २०७८

(ABC-Sanchar)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । समूहका स्थायी कमिटी सदस्यहरूको शनिवार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकाल्दै २४ अल्टिमेटम दिएका छन् ।

२०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताउँदै आएको नेपाल समूहका सांसदहरूले आइतबार साँझ या सोमबार बिहानसम्म सामूहिक राजीनामा आउने बताएका छन् ।

नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ (क) अनुसार राजीनामा बुझाउने तयारी गरेका हुन् । हाल खनाल–नेपाल पक्षले आफ्नो समूहमा ३५ सांसद रहेको बताइरहेको छ भने ओलीले खनाल–नेपाल पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

यसअघि पार्टीलाई एक ढिक्का राख्ने उपाय खोज्न राष्ट्रपतिदेखि एमालेका दोस्रो तहका नेताहरूसम्म सक्रिय रहे पनि त्यसले सकारात्मक परिणाम निकाल्न सकेन ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरूले विश्वासको मत नदिने भएका छन् । खनाल–नेपाल पक्षका सांसदको राजीनामापछि जनता समाजवादी पार्टीको सिङ्गै टिम ओलीतिर लागे पनि विश्वासको मत पुग्ने छैन । यससँगै काँग्रेसलाई गठबन्धन सरकार बनाउन थप सहज त हुनेछ नै विभाजनतिर गइरहेको एमाले फुट्नका लागि थप आधार बन्नेछ । शनिवार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बताइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]