०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङका राजनैतिक दलहरुले संक्रमितको उपचारलाई प्रभावकारी बनाउन माग

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८


(ABC-Sanchar)
दाङ । घोराहीमा बसेको क्रियाशिल राजनितीक दलहरुको संयुक्त बैठकले यस्तो अनुरोध गरेको हो ।

बैठकले सबै पालीकाहरुमा अक्सिजन सहितका आईसोलेशन बेडहरुको व्यवस्था गर्न माग गरेको छ । बैठक पछि ६ राजनैतिक दलले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा पिसिआर टेष्टको लागी स्वाब संकलन गर्ने सहज व्यबस्था, निशुल्क पिसिआर टेष्ट एवम् उपचारको व्यबस्था मिलाउन माग गरेको छ ।

कोरोना संक्रमित बढ्दै गएको अवस्थामा दाङका अस्पतालहरुमा अक्सिजनको अभाबलले बिरामीले समस्या पाएको हुँद तत्काल सहज आपुर्ती मिलाउन समेत अनुरोध गरिएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गतवर्ष नै स्थापना गरिएको आईसियु अहिलेसम्म पनि संचालन नहुँदा त्यसलाई तत्काल संचालन गर्नुपर्ने, आईसियु वेड थप गर्नुपर्ने माग गरिएको छ ।

नेकपा एमालेका उपसचिब शुरामणि बेलवासे, नेपाली कांग्रेस दाङका सचिब शंकर डागी, नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज जिवन गौतम र सचिव सुवास पुन, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आर्चाय र जनता समाजवादी पाटी लुम्बिनी प्रदेश सदस्य प्रकास विष्टद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा सर्वसाधारण जनतालाई कोभिड उपचार सहज बनाउन राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुर्ण कोभिड अस्पताल बनाउनुपर्ने उल्लेख छ ।

विज्ञप्तीमार्फत माहामारीको समयमा अहोरात्र खटिने स्वास्थ्यकर्मि, प्रशासन, सेना, प्रहरी, सामाजिक संघसंस्था एंव समुदायलाई धन्यबाद समेत ज्ञापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!