०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

अक्सिमिटरमा कालोबजारी, सातजना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

ABC क्राईमबिट)
काठमाडौं– महानगरीय अपराध महाशाखाले नक्कली अक्सिमिटरको कालोबाजरी गर्ने ७ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ७६५ थान अक्सिमिटर बरामद भएको महाशाखाले जनाएको छ।

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोभाइरस (कोभिड–१९) का कारण सिर्जित विकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुन्छ अक्सिमिटर।

यस्तोबेला अत्याधिक माग भइरहेको अवस्थामा विभिन्न औषधीजन्य पसल एवं फर्माहरुले आम सर्वसाधारणहरुलाई बजार मूल्यभन्दा बढी मूल्य लिई नक्कली अक्सिमिटर बेच्ने गरेको भन्ने विशेष सूचनाको आधारामा छापा मार्दा ७६५ थान बरामद भएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।

महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधीको रोहवरमा अक्सिमिटर बरामद गरेको हो।

कोइरालाका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुलीका २९ वर्षीय शिखर श्रेष्ठ, बाजुराका २१ वर्षीय थुमराज उपाध्याय, स्याङ्जाका २७ वर्षीय शेषकान्त अधिकारी, सुनसरीका ३९ वर्षीय पुष्कर घिमिरे, मोरङका ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोकका २१ वर्षीय सन्तोष भण्डारी र भारका ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन्।

आहा इन्डस्ट्रियल कम्पनीमा काम गर्ने मोरङ विराटनगर–२ तिनपैनी घर भएका विशाल आचार्यले डि एण्ड डी इन्टरप्राइजेज न्यूरोडमा चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाईछिपाई उक्त अक्सिमिटरहरु काठमाडौं ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उक्त अक्सिमिटरको बजारमूल्य ६/७ सय पर्ने भएपनि उनीहरुले एक थान अक्सिमिटरलाई २२२० रुपैयाँसम्म बिक्री गरेको प्रहरी अनुसन्धान खुलेको महाशाखाका प्रवक्ता समेत रहेका कोइरालाले जानकारी दिए।

कुलेश्वरस्थित बायोप्लस फार्मेसीबाट ८५ थान, थापाथलीस्थित नानोटेक फार्मेसीबाट २४ थान, चिरायु केडी ग्रुपबाट ९ थान, भारतीय नागरिक रानासारीयाको साथबाट ३९६ थान, सिन्धुपाल्चोकका भण्डारीको साथबाट ९१ थान बरामद भएको एसपी कोइरालाले बताए।

यस्तै चिरायु केडीले खरिद गरेको अक्सिमिटरमध्ये १६० थान नक्कली अक्सिमिटरहरु एनके लोजिष्टक, काठमाडौंबाट एनके दिनेबारे शाखा रहेको रुपन्देही पठाइएको भन्न बुझिन आएकोमा स्थानीय प्रहरीसँग समन्वय गरेर १६० थान अक्सिमिटर रुपन्देहीबाट बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने एसपी कोइरालाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!