०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

वडा प्रहरी नेपालगन्जले लकडाउन उल्लंघन गर्नेलाई धमाधम कार्वाही

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८

(महेन्द्र प्रताप सिंह)
बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिहरुलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ ।  मंगलबार नेपालगन्जको मूख्य सडक बजार (त्रिबेनी मोड) (एकलाइनी) (त्रिभुवन चोक)
(सेतुबिक चोक) (रानी तलाब) (धम्बोजी चोक) (बिपि चोक)  लागयत  विभिन्न स्थानहरुबाट अत्यावश्यक विना काम बिना पास बिना मास्क नलागाई सडकमा निस्केका हरुलाई एक घन्टा होल्डमा राखेर मोटरसाइकल साइकल अटो रिक्सा लगाएतको सवारी साधनहरुको हावा खुलेर छोडिएको थियो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा नेपालगन्जकाे विभिन्न ठाँउमा खटेकाे प्रहरी टाेलीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेकाे थियाे ।
संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयर्को निर्देशन अनुसार वडा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।

बिना मास्क बिना काम बजारमा भेटिएकाहरुलाई प्रहरीले एक पटक समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा ! छोड्ेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!