२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कञ्चनपुर र गुलरिया बजारबाट म्याद नाघेको सामान बरामद

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८


(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुर-जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाको कृष्णपुर नगरपालिका ५ स्थित गुलरिया बजारमा अनुगमन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको नेतृत्वमा आन्तरिक राजस्व विभाग कार्यालय कञ्चनपुरका अधिकृत विष्णु रावत साना तथा घरेलुका कार्यालय कञ्चनपुरका अधिकृत कृष्णदेव भट्ट र ईलाका प्रहरी कार्यालय गुलरिया बाट प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथ लगायत १८ जनाको टोलीले बजार अनुगमन गरेको हो।

टोलीले ९ वटा किराना पसल र १ वटा एग्रोभेट समेतको अनुगमन गरी ४ वटा पसलहरुबाट म्याद नाघेका समानहरु बरामद गरेर नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कंचनपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]