०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कंचनपुर सशस्त्र प्रहरीले लाखौंको अवैध सामानहरु पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८


(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले १ लाख बढीको अवैध सामान बरामद गरेको छ। ब्रह्मदेव र दोधारा चाँदनीबाट खटिएको टोलीले १ लाख ११ हजार बराबरको सालको गुड, युरीया, मोटरसाइकल र काठ बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्टबाट खटिएको टोलीले निषेधाज्ञाको उल्लघङ्न गरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सो सामान बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बल कञ्चनपुरले बरामद गरिएका सामानहरूलाई आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र डिभिजन वन कार्यालयमा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!