२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अक्सिजन सिलिन्डरको अभिलेख राख्ने जिम्मा सशस्त्र प्रहरीलाई

Logo
प्रकाशित शुक्रबार, बैशाख ३१, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डर को अभिलेख राख्नका लागि सशस्त्र प्रहरी खटाउने निर्णय भएको छ।

बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड(१९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले सम्बन्धित उद्योगले अस्पताल बाहेक अन्यत्र निजी प्रयोगमा दिए नदिएको अनुगमन स्थानीय प्रशासन मार्फत गर्ने गराउने व्यवस्था गृह मन्त्रालयले गर्ने र यसका लागि प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डर को अभिलेख राख्नका लागि सशस्त्र प्रहरी खटाउने र सो को नियमित विवरण प्राप्त हुने व्यवस्था मिलाउने निर्णय गरेको हो।

बैठकले कसैले पनि मापदण्ड विपरीत अक्सिजन सिलिन्डर प्रयोग वा वितरण गर्न कसैलाई अवाञ्छित दबाब नदिने, उद्योग र अस्पतालहरूले पनि कुनै पनि किसिमले मापदण्ड विपरीत प्रयोग नगर्ने निर्णयसमेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता किरण राज शर्माले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]