२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लकडाउनको मौकामा राप्ती गापाले ठेकेदारलाई नदीजन्य उत्खनन गर्न अनुमति दियो ?

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८


(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुबाङ स्थित राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन बढेको छ । प्रगन्ना सिंचाई परियोजना नहरको २ नम्बर इन्टेक नजिक शुक्रवार बिहान ५ बजे देखि डोजर, स्काभेटर, ट्रिप्पर प्रयोग गरी उत्खनन् गरिएको राप्ती उपत्यका एवं प्रयावरण संरक्षण समितिका सचिव होमप्रसाद शर्माले जानकारी दिएका छन् ।

यस विषयमा दाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला समन्वय समिती दाङ, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका प्रमुख, स्थानीय प्रशासन प्रमुख लगायत सरोकारवाला सम्पुर्ण निकाय संग डोजर आतंक रोक्न र किसान तथा कृषि योग्य जमिनको संरक्षणको मागहरु सुनुवाई गर्न समितिका सचिव शर्मा अनुरोध गरेका छन् ।

यदि जबरजस्ती यस्ता कार्य हुँदै गएमा कोरोना महामारीको कुनै प्रवाह नगरी किसान मजदुरहरु आन्दोलनमा उत्रने चेतावनी समेत समितिले दिएको छ । साथै त्यसबाट निस्कने परिणामको जिम्मेवारी सम्बन्धीत निकायले लिनुपर्ने समितिले बताएको छ । गत वर्षमा यस्तै प्रकारको उत्खननमा जनताको ठुलो आन्दोलनको दवावबाट नदीजन्य पदार्थ रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!