२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

शनिबार भारतबाट ९ सय ५३ जना नेपाली स्वदेश भित्रिए १७ जनामा कोरोना संक्रमण

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८


(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार ९ सय ५३ जना नेपाल भित्रिएका छन्। गड्डाचौकी नाकाबाट १ सय ४८ जना र गौरीफन्टाबाट ८ सय ५ जना गरी ९ सय ५३ जना स्वदेश फर्किएका हुन।

दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ। गड्डाचौकी नाकाबाट १ सय ४८ जना भित्रिएकोमा ६८ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना र गौरीफन्टाबाट ८ सय ५ जना भित्रिएकोमा ८३ जनामा एन्टीजेन परिक्षण गर्दा १६ कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ। यस्तै सोमबार नै दुवै नाकाबाट २ सय ६४ जना नेपालबाहिर गएका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]