०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

लाखौं मुल्य बराबरको मोबाइल भन्सार छलेर ल्याएको पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८


(रवि वर्णवाल)
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले अढाई लाख रुपैयाँ बराबरको भन्सार छलीको मोबाइल फोन बरामद गरेको छ ।

प्रहरीले शुक्रबार भारतबाट अवैध तरिकाले भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको विभिन्न कम्पनिको १२ थान एण्डरोइड फोन बरामद गरेको हो ।

जिल्लास्थित ईशनाथ नगरपालिका वडा नम्बर ४ लतमरी नैजिकै रहेको भारतीय बजारबाट मोबाइल फोन खरिद गरी भन्सार छलेर नेपालमा विक्री गर्न ल्याउँदै गरेको रेडमी कम्पनिको ७ थान, रियलमी कम्पनिको ४ थान र ओप्पो कम्पनिको १ थान गरी १२ थान मोबाइल फोन बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।
भारतबाट झोला भित्र राखेर ल्याउँदै गरेको व्यक्तिले प्रहरीलाई देख्नसाथ झोला छोडेर फरार भएर भएको प्रहरीले बताएको छ । बरामद गरिएको मोबाईल प्रहरी टोलीले वेवारीसे अवस्थामा फेला पारी रित पूर्वक बरामद गरी थप कारवाही भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!