०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बढी भाडा लिने र कालोबजारी गर्ने २ जना एम्बुलेन्स चालक पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८


(रवि वर्णवाल)
बिरगंज । पर्सा जिल्लामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड-१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा उक्त सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको भन्ने सूचना यस कार्यालयमा प्राप्त भई सो को सम्बोधन गर्ने क्रममा भएको सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा ३१ गते २ जना एम्बुलेन्स चालकहरूले सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको फेला परेकोले निजहरूलाई यस कार्यालयबाट खटिएको टोलीले निजहरूले सञ्चालन गरेको ना.२.च.३२५६ र ना.३ च. ८१९९ नं. का २ वटा एम्बुलेन्ससहित जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट नियन्त्रणमा लिई कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको व्यहोरा सूचित गरिन्छ ।
साथै पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनहुन समेत सम्बन्धित सबैमा अनुरोध छ ।
पक्राउ विवरण
अभियुक्त:-कमरुदिन रायभर
उमेर:-३५ वर्ष
ठेगाना:- जि.पर्सा बहुदरमाई न.पा.वडा नं.९ विश्रामपुर
पक्राउ मिति:- २०७८।०२।०१ गते ।
मुद्दा:- कालोबजारी सम्बन्धि कसूर
अभियुक्त:-वीरबल मुखिया
उमेर:- २२ वर्ष
ठेगाना:- जि.पर्सा विन्दवासिनी गा.पा.वडा नं.१
पक्राउ मिति:- २०७८।०२।०१ गते ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!