२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिदेशबाट नेपालीले पठाए ५ सय ६० वटा अक्सिजन सिलिन्डर

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

(ABC-Sanchar)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा ५ सय ६० वटा अक्सिजन सिलिन्डर काठमाडौँ ल्याइएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन सिलिन्डर नेपाल ल्याइएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत ती अक्सिजन सिलिन्डर नेपाल पठाइएको गैरआवासीय नेपाली संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
संघका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको जनाइएको छ ।

मध्यपूर्वदेखि अक्सिजन सिलिन्डर नेपाल पुराउने अभियानमा विशेष पहलकदमी लिने ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमान, संघका केन्द्रिय पदाधिकारीहरु, मध्यपूर्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरु प्रति संघले धन्यवाद दिएको छ ।

यसअघि संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले आफ्ना विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो । संघका महासचिव डा. हेमराज शर्माका अनुसार हाल विभिन्न देशमा रहेका संघका शाखा मार्फत नेपालमा आर्थिक तथा भौतिक सहयोग गर्ने क्रम सुरु भैसकेको छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरुआत भए यता कोभिडको दोश्रो लहरमा संघले चीनबाट १ सय थान अक्सिजन कन्सरट्रेटर नेपाल पठाउने निर्णय गरेको थियो ।
यस्तै एनआआरएन अमेरिकाको सहयोगमा जनकपुरमा आइसोलेशन सेन्टरको स्थापना गर्ने तयारी गरिएको छ । एनआरएनए अफ्रिकाद्वारा १० जिल्लामा अक्सिजन वितरण भैसकेको संघले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!