२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कपिलवस्तुको जस्मिन हस्पिटलले विरामीलाई ठग्दै लेख्ने पत्रकारलाई धम्की

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

(ABC-Sanchar)
कपिलवस्तु । नगरिकको प्रत्यक्ष जीवन संग जोडिएको स्वास्थ्यलाई सुलभ र सहज बनाउने उद्देश्यले कपिलवस्तु चन्द्रौटामा खुलेको केही निजि अस्पताल र क्लिनिकले बढी रकम असुलेको पाइएको छ । विरामीहरुबाट बढी रकम असुलेको भन्दै यस क्षेत्रका नागरिक दुखेसो पोखेका छन । कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही चन्द्रौटामा रहेको निजि निजी अस्पतालले भने विरामीलाइ उपचार गरेर सेवा प्रदान गर्नुको साटो कमाउ धन्दा सुरु गरेको छ ।
निजि अस्पताल, क्लिनिकहरुले चर्को मुल्य लिएको जनगुनासो बढी रहेको अवस्थामा चन्द्रौटाकै जस्मिन हस्पिटल प्रा.लीले चर्को मुल्य लिएको तथ्य बाहिरीएको छ । जस्मिन हस्पिटलले महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको हो ।
औषधिको मुल्य भन्दा बढी रकम असुली ।।
जस्मिन अस्पतालले नेपाल सरकारले तोकेको रकम भन्दा बढि रकम असुलेको छ । बजरमा पाइने मुल्य भन्दा कैैैैयौं गुणा रकम असुलेको छ । ‘विरामीप्रति संवेदनशील हुनुपर्ने ठाउँमा विभिन्न शुल्क उठाएर भ्रष्टाचार गरेको देखिन्छ । औषधिको मूल्य पनि फरक फरक पाइएको हो ।
अस्पतालले सामान्य ज्वरो आएका विरामीको मात्रै केहि औसधि थमाएर २ हजार भन्दा बढी लिने गरेको एक विरामीले बताए ।
जस्मिन हस्पिटलको फेसबुक पेजबाट धम्की समेत आएको छ । केही पत्रकारहरुले अस्पतालको विरुद्धमा आवाज उठाउदा अस्पतालले धम्की समेत दिएको छ । हस्पिटलको पेेेजबाट अन्तिम पटक भन्दै धम्की आएको हो । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य चिन्ता बहादुर दर्जी र न्युज सेन्टर नेपालका समाचार सम्पादक अर्जुन बेल्बासेलाई हस्पिटलको पेजबाट धम्की दिएको हो । पत्रकार दर्जी र बेल्बासेले हस्पिटलले औसधिको बढी मुल्य लिएको आफ्नो फेसबुकमा लेखेका थिए । यसरी पत्रकारलाई धम्की दिनु गलत भएको न्युज सेन्टर नेपालका प्रबन्धक निर्देशक सनिउल्ला धोबीले बताउनु भयो । पत्रकारलाई सामाजिक सन्जाल मार्फत धम्कि दिनु प्रेस स्वातन्त्रता विपरीत भएको उहाले बताउनु भयो ।

सन्चालक खानले भने कम्जोरी भयो ।। जस्मिन हस्पिटल व्यवस्थापक सकिल अहमद खानले आफुहरुले बढी रक्म नलिएको बताएका छ्न । आफू हस्पिटलमा नभएकोले केही कमजोरी भएको स्वीकार गर्दै सुधार गर्ने बताउनु भयो । तपाईंले औषधिको विल किन दिन्नु हुन्न भन्ने प्रश्नमा अस्पताल संन्चालक खानले विल छपाई गर्न दिएको बताउनु भयो ।
उक्त अस्पताल गत पुष ९ गते शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले दिप प्रज्वालन र रिबन काटेर उद्घाटन गर्नु भएको थियो । हस्पिटल दर्तामै शंका

जस्मिन हस्पिटल शिवराज नगरपालिकामा मात्र दर्ता गरेको प्रमाणपत्र समेत समाजिक सन्जाल फेसबुकमा सार्वजनिक गरेको छ । अन्य कागजात सार्वजनिक गरिदा यसरी दर्ता नभएको हो कि भन्ने स्थानीयले शंका गरेका छन । जबकी कुनै पनि अस्पताल दर्ता गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्र दर्ता हुने प्रवाधान रहेको छ । नेपाल मेडिकल काउन्सिलको प्रक्रिया समेत पूरा नगरी हस्पिटल संचालन गरिएको स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!