०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कपिलवस्तुको जस्मिन हस्पिटलले विरामीलाई ठग्दै लेख्ने पत्रकारलाई धम्की

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

(ABC-Sanchar)
कपिलवस्तु । नगरिकको प्रत्यक्ष जीवन संग जोडिएको स्वास्थ्यलाई सुलभ र सहज बनाउने उद्देश्यले कपिलवस्तु चन्द्रौटामा खुलेको केही निजि अस्पताल र क्लिनिकले बढी रकम असुलेको पाइएको छ । विरामीहरुबाट बढी रकम असुलेको भन्दै यस क्षेत्रका नागरिक दुखेसो पोखेका छन । कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही चन्द्रौटामा रहेको निजि निजी अस्पतालले भने विरामीलाइ उपचार गरेर सेवा प्रदान गर्नुको साटो कमाउ धन्दा सुरु गरेको छ ।
निजि अस्पताल, क्लिनिकहरुले चर्को मुल्य लिएको जनगुनासो बढी रहेको अवस्थामा चन्द्रौटाकै जस्मिन हस्पिटल प्रा.लीले चर्को मुल्य लिएको तथ्य बाहिरीएको छ । जस्मिन हस्पिटलले महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको हो ।
औषधिको मुल्य भन्दा बढी रकम असुली ।।
जस्मिन अस्पतालले नेपाल सरकारले तोकेको रकम भन्दा बढि रकम असुलेको छ । बजरमा पाइने मुल्य भन्दा कैैैैयौं गुणा रकम असुलेको छ । ‘विरामीप्रति संवेदनशील हुनुपर्ने ठाउँमा विभिन्न शुल्क उठाएर भ्रष्टाचार गरेको देखिन्छ । औषधिको मूल्य पनि फरक फरक पाइएको हो ।
अस्पतालले सामान्य ज्वरो आएका विरामीको मात्रै केहि औसधि थमाएर २ हजार भन्दा बढी लिने गरेको एक विरामीले बताए ।
जस्मिन हस्पिटलको फेसबुक पेजबाट धम्की समेत आएको छ । केही पत्रकारहरुले अस्पतालको विरुद्धमा आवाज उठाउदा अस्पतालले धम्की समेत दिएको छ । हस्पिटलको पेेेजबाट अन्तिम पटक भन्दै धम्की आएको हो । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य चिन्ता बहादुर दर्जी र न्युज सेन्टर नेपालका समाचार सम्पादक अर्जुन बेल्बासेलाई हस्पिटलको पेजबाट धम्की दिएको हो । पत्रकार दर्जी र बेल्बासेले हस्पिटलले औसधिको बढी मुल्य लिएको आफ्नो फेसबुकमा लेखेका थिए । यसरी पत्रकारलाई धम्की दिनु गलत भएको न्युज सेन्टर नेपालका प्रबन्धक निर्देशक सनिउल्ला धोबीले बताउनु भयो । पत्रकारलाई सामाजिक सन्जाल मार्फत धम्कि दिनु प्रेस स्वातन्त्रता विपरीत भएको उहाले बताउनु भयो ।

सन्चालक खानले भने कम्जोरी भयो ।। जस्मिन हस्पिटल व्यवस्थापक सकिल अहमद खानले आफुहरुले बढी रक्म नलिएको बताएका छ्न । आफू हस्पिटलमा नभएकोले केही कमजोरी भएको स्वीकार गर्दै सुधार गर्ने बताउनु भयो । तपाईंले औषधिको विल किन दिन्नु हुन्न भन्ने प्रश्नमा अस्पताल संन्चालक खानले विल छपाई गर्न दिएको बताउनु भयो ।
उक्त अस्पताल गत पुष ९ गते शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले दिप प्रज्वालन र रिबन काटेर उद्घाटन गर्नु भएको थियो । हस्पिटल दर्तामै शंका

जस्मिन हस्पिटल शिवराज नगरपालिकामा मात्र दर्ता गरेको प्रमाणपत्र समेत समाजिक सन्जाल फेसबुकमा सार्वजनिक गरेको छ । अन्य कागजात सार्वजनिक गरिदा यसरी दर्ता नभएको हो कि भन्ने स्थानीयले शंका गरेका छन । जबकी कुनै पनि अस्पताल दर्ता गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्र दर्ता हुने प्रवाधान रहेको छ । नेपाल मेडिकल काउन्सिलको प्रक्रिया समेत पूरा नगरी हस्पिटल संचालन गरिएको स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!