२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दाङका उद्योगपति बुढाथोकीद्धारा बिरामीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८


(सागर थापा)
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्न गर्नुभएको छ । दाङ जिल्लाको एक असल प्रतिष्ठित ब्यबसायी, उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग  बुढाथोकीद्धाराले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहयोग स्वरुप ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको छ ।

दाङमा अक्सिजन सिलिन्डर अभावका कारण थुप्रै कोरोना संक्रमितले ज्यान गुमाइरहेको अबस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानको आइशोलेसनमा उपचाररत बिरामीको लागि उक्त अक्सिजन सहयोग गर्नु भएको हो दाङका उद्योगपति बुढाथोकीले बताए । बिभिन्न समाजसेवामा सक्रिय बुढाथोकीले आफ्नो ब्यक्तिगत खर्चोमा ३० थान अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको हो ।

कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला कोहि पनि कोरोना संक्रमणले ज्यान गुमाउन नपरोस भनि सहयोग गरेको बुढाथोकीले बताए । प्रतिष्ठानमा रहेर महामारीसंग लडिरहेका र महामारीबाट बचाउन संघर्ष गरीरहेका स्वाथ्यकर्मीहरुको लागि उद्योगपति बुढाथोकी प्रबन्ध निर्देशक रहेको सञ्जिवनी कलेजले २ महिना सम्म खमजम खर्च ब्यहोर्ने भएको छ । प्रालिको बैठकले यस्तो निर्णय गरेको उद्योगपति बुढाथोकीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।