१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

दाङ ट्राफिकले लकडाउनमा २१०८ वटा सवारी साधनहरु कार्वाहीमा

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लकडाउन उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना काम घर बाहिर निस्कने व्यक्तिलाई होल्ड कार्वाही सुरु गरेको छ । बैशाख १७ गतेदेखि बैशाख ३१ गतेसम्म दाङ जिल्ला ट्राफिकले मूख्य सडक बजार गल्ली चोकमा विना काम बिना पास हिन्ने २१०८ वटा सवारी साधनहरु कार्वाही गरेको छ । कार्वाही हुनेमा मोटरसाइकल,अटो चार पाङ्ग्रे सवारी साधन बस ट्रक पिकप साइकल समेत रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीको नेतृत्वमा दाङकाे विभिन्न गाउँ टोल गल्ली शहर चोकमा खटेकाे ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेकाे थियाे ।
संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयर्को निर्देशन अनुसार दाङ जिल्ला ट्राफिक प्रहरीको मातहतमा रहेका ट्राफिक प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई केही घन्टा होल्ड गरि कारवाही अघि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]