२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा लकडाउनको मौका छोपी काठ तस्कर ७ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुरमा काठ तस्कर भएको छ भन्ने गोप्य सूचना आए पछी प्रहरीले । तुलसीपुरमा १७ थान (३६.७२ क्युफिट ) सालको काठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो अवैध सालको चिरान काठ लोड गरी तुलसीपुर तर्फ ल्याउदै गरेको गोप्य सूचनाका आधारमा तुलसीपुर उपमहानगरपालिका ३ भगवती टोलस्थित रा १ ख २३७५ नम्बरको बस र ७ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ६ निवासी १८ वर्षीय विजय चौधरी, सोही ठाउँका ३८ वर्षीय शिव परियाार, ३२ वर्षीय समिर चौधरी, २० वर्षीय सन्तोष चौधरी, ३१ वर्षीय चुमान सिंह चौधरी, २० वर्षिय मजोज चौधरी (चालक) र २० वर्षीय श्यामलाल चौधरी रहेका छन् । उनीहरुलाई थप कार्वाहीका लागि सव डिभिजन वन कार्यालय तुलसीपुरमा पठाएको डिएसपी सिंहले बताए ।

उनीहरुले तुलसीपुर उपमहामनगरपालिका वडा न। १ र ३ प्यालिखोलीको भमके खोलामा निर्मित पुल नै भत्काएर सोही काठ तस्कर गर्न तयारीमा थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!