०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

कोहलपुर प्रहरीले लकडाउन उल्लंघन गर्ने ७१ वटा सवारी साधन होल्ड कार्वाही

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८


(सागर थापा/महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार बाँकेको कोहलपुर आसपास क्षेत्रमा सडकमा विना काम मास्क नलागाई निस्केका हरुलाई एक घन्टा होल्ड कार्वाही गरेकाे छ  । ७१ वटा सवारी साधनहरुलाई कार्वाही गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको नेतृत्वमा कोहलपुरकाे विभिन्न टोल गल्ली शहरमा खटेकाे प्रहरी टाेलीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेकाे थियाे ।
संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयर्को निर्देशन अनुसार कोहलपुर प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालले बताएका छन ।

बिना मास्क बिना काम बजारमा भेटिएकाहरुलाई प्रहरीले एक पटक समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा मास्क समेत वितरण गरेको डिसपी खनालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!