२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोहलपुर प्रहरीले लकडाउन उल्लंघन गर्ने ७१ वटा सवारी साधन होल्ड कार्वाही

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८


(सागर थापा/महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार बाँकेको कोहलपुर आसपास क्षेत्रमा सडकमा विना काम मास्क नलागाई निस्केका हरुलाई एक घन्टा होल्ड कार्वाही गरेकाे छ  । ७१ वटा सवारी साधनहरुलाई कार्वाही गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको नेतृत्वमा कोहलपुरकाे विभिन्न टोल गल्ली शहरमा खटेकाे प्रहरी टाेलीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेकाे थियाे ।
संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयर्को निर्देशन अनुसार कोहलपुर प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालले बताएका छन ।

बिना मास्क बिना काम बजारमा भेटिएकाहरुलाई प्रहरीले एक पटक समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा मास्क समेत वितरण गरेको डिसपी खनालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!